पोखरा स्पोर्टस् अवार्डलाई निट डेन्टलको साथ

पाेखरा | चैत २८, २०८१

पोखरा स्पोर्टस् अवार्डलाई निट डेन्टलको साथ

पोखरा:  नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ । 


नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा हुने अवार्डको वर्ष उत्कृष्ट खेलकुद संस्था विधाको प्रायोजन निट डेन्टल एण्ड केयरले गर्ने भएको छ । 


पोखराको महेन्द्रपुल मेडिकललाईनमा रहेको डेन्टलका सञ्चालक बिरेन राना र खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे । मञ्चले अवार्डमा गण्डकी प्रदेशको एक उत्कृष्ट संस्थालाई नगद ३५ हजारसहित सम्मान गर्दै आएको छ ।


खेलकुद र स्वास्थ्य एक अर्काका परिपुरक भएकाले स्वस्थ रहन खेलकुद आवश्यक भएको हुँदा खेल विकासको क्षेत्रमा काम गर्ने संस्थाले आयोजना गरेको स्पोर्टस् अवार्डलाई सदैव साथ रहेको निट डेन्टल एण्ड केयरका सञ्चालक बिरेन रानाले बताए ।


सबैको साथ र सहयोगले नै स्पोर्टस् अवार्डको गरिमा उच्च रहेको बताउँदै सहयोगीहरुप्रति  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगर धन्यवाद ज्ञापन गरे ।


यसैगरि नेकपा एमाले जिल्ला समिति कास्कीका सचिव तथा समाजसेवी दर्शन लामाले अवार्डलाई नगद रु १० हजार सहयोग गरेका छन् ।


यस पटकको अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छभने उदीयमान खेलाडी विधाको लागि सहारा क्लब पोखरा र उत्कृष्ट प्रशिक्षक विधाको प्रायोजन टाइगर ग्रुप पोखराले गरिसकेको छ ।


खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोट्र्स अवार्ड गर्दै आइरहेको छ । 


अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका सचिव राजु गिरीले जानकारी दिएका छन् ।
 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्